म्याग्दीकाे अन्नपूर्णमा सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने

म्याग्दी | चैत २९, २०८०

म्याग्दीकाे अन्नपूर्णमा सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने

म्याग्दी :   म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न शुद्धीकरण अभियान सुरु गरेको छ ।

 

गाउँपालिकामा सञ्चालित किसान सूचीकरण कार्यक्रमअन्तर्गत सहजकर्ता छनोट गरी उनीहरुलाई तालिम दिइएको हो ।

 

किसानलाई कृषि पेसामा प्रोत्साहन गर्ने, अनुदान, सहयोग तथा अन्य सेवासुविधालाई कृषकमैत्री बनाउने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत गाउँपालिकाका आठवटै वडाका तीन हजार छ सय घरधुरीमा पुगेर सहजकर्ताले विवरण सङ्कलन गरेपछि वडा कार्यालयले प्रमाणीकरण गरेसँगै परिचयपत्र वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । “कृषकको पहिचान आवश्यक छ, अब परिचयपत्र पाएका कृषकलाई मात्रै अनुदान वितरण गरिनेछ”, उहाँले भन्नुभयो । 

 

गाउँपालिकाले बुधबार कृषकको पहिचानका लागि छनोट भएका सहजकर्तालाई तालिम दिएर पालिकाभित्रका सबै घरधुरीमा स्थलगत तथ्याङ्क सङ्कलनका लागि परिचालन गरेको छ । तालिमका अवसरमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुनले सूचीकरण अभियानले व्यावसायिक कृषकको पहिचान गरी कृषिलाई व्यावसायिक गर्न सघाउने बताउनुभयो । “कृषिकर्ममा लागेकाको वास्तविक तथ्याङ्क आउँदा आगामी दिनमा कार्यक्रम बनाउन सहज हुन्छ, एक जना पनि कृषक नछुट्ने गरी तथ्याङ्क ल्याउने गरी सहजकर्ता परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो ।

 

कृषकलाई उत्साहित गर्न उन्नत बीउबिजन, सिँचाइ, सिँचाइ, प्रविधि हस्तान्तरण, मलखाद एवम् किसान बजार व्यवस्थापन प्रोत्साहनका लागि सघाउने गाउँपालिकाले जनाएको छ । सरकारको मापदण्डमा आठ आना वा सोभन्दा बढी जग्गामा कृषि गर्नेलाई सूचीकरण गरी किसान परिचयपत्र लिनुपर्ने प्रावधान रहेको छ ।

 

सहजकर्तालाई गाउँपालिकाकी कृषि शाखा प्रमुख कृति आचार्यले सहजीकरण गर्नुभएको थियो । सहजकर्ताको तथ्याङ्कलाई वडा कार्यालयबाट प्रमाणीकरण भएपछि चालु आवमै परिचयपत्र वितरण गर्ने तयारीमा रहेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

 

किसान भएरपनि परिचयपत्र नपाउँदा पहिचानविहीन बनेका किसानले परिचयपत्रको माग गर्दै आइरहेका छन् । 


 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्